विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २८ कात्तिक । अमेरिकी डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा निर्धारण गरेको हो।

बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here