बेरोजगारलाई काठमाडौं महानगरले रोजगारी दिने, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ ।

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारीका लागि बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरले असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्ने महानगरवासीले काठमाण्डु महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रम खान, बस्न तथा स्वास्थ्य उपचारको सविधा भएकाले नजिकका वडा कार्यालयमा वा सिधै मानव सेवा आश्रममा समपर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै महानगरले स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकार संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा मंसिर २ गतेबाट बन्द गर्ने निर्णय भएकाले सार्वजनिक क्षेत्रमा भोजन नगराउन आग्रह गरेको छ । महानगरले स्वास्थ्य मापदण्ड पालना गरेर वडा कार्यालयले त्यसका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here