कपाल झर्ने समस्या छ ? यसरी छुटकारा पाउनुहोस्

काठमाडौं । चिसो मौसमको सुरुवात संगै कपाल सुख्खा हुने र झर्ने समस्या पनि बढ्न थाल्छ । यस्तो मौसममा कपालको सुरक्षाको लागि धेरै मानिसहरुले महङ्गा क्रिम वा तेलबाट यसलाई कम गर्ने कोशिस गरिरहेका हुन्छन् ।

तर, यो समस्याबाट छुटकारा पाउनको लागि महङ्गा क्रिम भन्दापनि घरेलु सामग्री र हाम्रो दैनिक जीवनको काममा केही सुधार गरेमात्रै पनि हुन्छ ।

यसरी छुटकारा पाउनुहोस्

१. चिसो मौसममा कपाल सुख्खा हुन्छ । घरमै उपलब्ध सामग्री घिउकुमारी (एलोभेरा) वा तेलको प्रयोगबाट कपाल सुख्खा हुन पाउदैन् र स्वस्थ रहन्छ । हेयर माक्सको प्रयोग अनिवार्य गर्नुपर्छ ।

२. नुहाएपछि अनिवार्य रुपमा हेयर कन्डिशनरको प्रयोग गर्नुपर्छ । यदी यस्तो नगर्ने हो भने कपाल सुख्खा हुने र झर्ने सम्भावना धेरै हुन्छ ।

३. चिकित्सकहरुको सल्लाह मान्ने हो भने, नुहाउदाँ धेरै तातो र धेरै चिसो पानीको प्रयोग गर्नु हुँदैन् । धेरै चिसो र तातो पानीले कपालको जरालाई कमजोर बनाउछ ।

४. कपाललाई चम्किलो र स्वस्थ बनाउनको लागि प्रशस्त मात्रामा पानी सेवन गर्नुपर्छ । यसका साथै हरियो सागसब्जी पानी धेरै मात्रामा खानुपर्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here