काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ सय १८ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रवार बेलकासम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणको १ सय १८ जनाको ज्यान गईसकेको छ ।
नेपालभर अहिलेसम्म २ लाख ६ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भईसकेको छ । जसमा १ लाख ६८ हजार १ सय २९ जनाले कोरोनालाई जितिसकेका छन् ।
कोरोनाकै कारण मृत्यु हुनेको संख्या भने १ हजार २ सय २ जना पुगेको छ ।