अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन, श्रेष्ठ र गोल्छा भन्छन् नतिजा देखाउँछौं

काठमाडौं, २९ कात्तिक । निर्यात व्यवसायी महासंघ (फिन)का अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले नेपाल उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अञ्जन श्रेष्ठ र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई स्वागत गर्दै उनले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने बताए ।

संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व प्रोएक्टिभ हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डि अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार श्रेष्ठले नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालीन नीतिका लागि आफूले काम गर्ने बताए ।

उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान , म अनि ज्योतीजीको समूहले सशक्त भूमिका निभाउने छ ।

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै ससक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे ।

कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रधानले केहि स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।

आगामी दिनमा गुणस्तरसहितको व्यवसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भएपनि अगाडि बढ्ने प्रधानको भनाई थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष गोल्छाले आफ्नो अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केहि पूर्व अध्यक्षले चेतावनी दिने गरेकाले कामगर्न समस्या पार्दै आएको अनुभव व्यक्त गरे ।

उनले आफूले गएको ३ वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकाले वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठ र उनको टिमका लाई जिताउन अनुरोध गरे ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ्ग गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here