यी हुन विश्वका टपटेन बैंक, पहिलो देखि चौंथो स्थानसम्म चीनको कब्जा

काठमाडौं, २ जेठ । विश्वको अर्थतन्त्र बढेसँगै अन्तराष्ट्रिय बैंकहरुले पनि आफ्नो सम्पत्ति र प्रभुत्व बढाउँदै गएका छन् ।

ठूला अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्र सुदृढ रहेसम्म ठूला बैंकहरुको सम्पत्ति र आय बढ्दै जथान्छ ।

सामान्य रुपमा लगानी गर्ने देखि धेरै पैसा लगानी गर्ने ठूला बैंकहरु विश्वमा प्रशस्तै रहेका छन् । वित्तीय रिभ्युहरु प्रकाशन गर्ने अमेरिकी साइट एसपी ग्लोबलले विश्वका टपटेन बैंकहरुको सूची निकालेको छ । उक्त सूचीमा पहिलो देखि चौंथो स्थानसम्म चिनियाँ बैंकहरुले कब्जा गरेका छन् ।

त्यस्तै अमेरिका र फ्रान्सका दुईदुईवटाले सूचीमा स्थान बनाउँदा जापान र इंग्ल्याण्डका एक एक वटा परेका छन् ।

यी हुन् १० ठूला बैंकः

१०. क्रेडिट एग्रिकोल फ्रान्स

क्रेडिट एग्रिकोल बैंक फ्रान्सको दोस्रो ठूलो बैंक हो । यस बैंकको स्थापना सन् १८९४ मा भएको थियो ।

यस बैंकको कुल सम्पत्ति २ हजार ११७ अर्ब अमेरिकी डलर रहेको छ । यसले विशेषगरी कृषकहरुसँग काम गर्ने गरेको छ ।

९. बैंक अफ अमेरिका

अमेरिकामा रहेको यस बैंकको कुल सम्पत्ति २ हजार २८१ अर्ब अमेरिकी डलर रहेको छ । यो बैंकले व्यक्तिगत बैंकिङ, साना व्यापार, मध्यमखालका व्यापार र ठूला कर्पोरेशनलाई बैंकिङ सेवा उपलब्ध गराउँछ । यसको ५ हजार भन्दा धेरै शाखाहरु छन् ।

८. बिएनपी परिवास

सन् २००० मा बिएनपी र परिवास बैंक मर्ज भएर यो बैंक बनेको हो । फ्रान्सको सबैभन्दा ठूलो र यूरोपको दोस्रो ठूलो यस बैंकको कुल सम्पत्ति २ हजार २३५ अर्ब डलर रहेको छ ।

७. एचएसबीसी

बेलायतमा रहेको यो बैकको स्थापना सन् १८८५ भएको हो । यस बैंकको पुरा नाम हङकङ एण्ड सांघाई बैकिङ्ग कर्पोरेसन हो ।

यो बैंकको कुल सम्पत्ति २ हजार ५२१ अर्ब अमेरिकी डलर रहेको छ ।

६. जेपी मोर्गन चेज

अमेरिकामा रहेको जेपीमोर्गन अहिलेको समयमा सबैभन्दा शक्तिशाली बैंक मध्येको एक बैंक हो । यो बैंकको कुल सम्पत्ति २ हजार ५३३ अर्ब डलर रहेको छ ।

५. मित्सुबिसी यूएफजे फाईनान्सियल ग्रुप

बैंक अफ टोक्यो मित्सुबिसी र यूएफजे बैंकबीच सन् २००५ मा मर्ज भएर बनेको मित्सुबिसी यूएफजे फाईनान्सियल ग्रुप जापानको सबैभन्दा ठुलो बैंक हो ।

२ हजार ७८४ कुल सम्पत्ति अर्ब डलर रहेको यो बैंकले लगानी व्यवस्थापन, रिटेल बैंकिङ र अन्य सेवाहरु प्रदान गर्छ ।

४. बैंक अफ चाईना

चीनमा रहेको यस बैकको स्थापना सन् १९१२ मा भएको हो । यस बैंकले विश्वका २७ देशहरुमा सेवा प्रदान गर्दै आएको छ ।

ठूला चार मध्ये एक बैंकको रुपमा रहेको यसको कुल सम्पत्ति २ हजार ९९१ अर्ब डलर रहेको छ ।

३. एग्रिकल्चरल बैंक अफ चाईना

चीनमा रहेको एग्रिकल्चरल बैंक अफ चाईना बैकको स्थापना सन् १९५१ मा भएको हो । यसको २४ हजार भन्दा धेरै शाखाहरु र ३२ करोड भन्दा धेरै ग्राहकहरु रहेका छन् ।

यस बैंकको कुल सम्पत्ति ३ हजार २८५ अर्ब डलर रहेको छ ।

२. चाईना कन्स्ट्रक्सन् बैंक कर्पोरेसन

चीनमा रहेको ‘चाईना कन्स्ट्रक्सन् बैंक कर्पोरेसन’ को कुल १३ हजार ६ सय वटा शाखा रहेका छन् ।

३ हजार ४ सय अर्ब डलर कुल सम्पत्ति रहेको यस बैंकको बजारीकरण २ सय ३८ अर्ब डलर रहेको छ ।

१. ईन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाईना

चीनमा रहेको ‘ईन्ड्रस्टियल एण्ड कमर्सियल बैंक अफ चाईना’ बैंक विश्वकै सबैभन्दा ठुलो बैंक हो ।
कुल सम्पत्ति ४ हजार ९ अर्ब अमेरिकी डलर रहेको यस बैकको बजारीकरण ३ सय १२ अर्ब अमेरिकी डलर रहेको छ ।

यो बैंकले कन्ज्युमर र कर्पोरेट बैंकिङको अलावा इन्भेष्टमेन्ट म्यानेजमेन्ट, प्राइभेट इक्विटी र क्रेडिट कार्डको सेवा प्रदान गर्छ । यसको क्यानडा, मकाउ र टर्कीमा पनि शाखाहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here