सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला, यस्ता छन् आकर्षण

काठमाडौं, ३ जेठ । सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।

मोबाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न पाइने सञ्चालकले बताएका छन् ।

सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ ।

साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल खरीद गर्न सकिने र एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने राईले जानकारी दिए ।

मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ ।

हबमा चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा उपलब्ध छन् ।

हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here