विश्वकप छनौट: अर्जेन्टिना र ब्राजिलको सहज जित

काठमाडौं, ३ मंसिर । दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा निओलास गोन्जालेज र लाउतारो मार्टिनजले एक एक गोल गरेका थिए । अर्जेन्टिनाले दुवै गोल खेलको पहिलो हाफमा १७औ र २८औ मिनेटमा गरेको थियो । त्यस्तै अर्को खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरको हो ।

ब्राजिलको जितमा अर्थर मेलो र रिचार्लिसनले एक एक गोल गरेका थिए । साथै यस खेलमा उरुग्वेका एडिनसन कभानीले खेलको ७१औ मिनेटमा रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा कोरोना संक्रमणका कारण उरुग्वेका लुइस स्वरेज खेलेका थिएनन् भने ब्राजिल पनि नेइमार बिना नै खेलेको थियो ।

यो जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौटको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको ब्राजिलको १२ अंक छ भने अर्जेन्टिनाको ४ खेलमा १० अंक रहेको छ ।

त्यस्तै पेरुको भने ४ खेलमा केवल एक अंक रहेको छ ।

विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here