गण्डकी प्रदेशः पोखराका २० सहित थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं । पोखराका २० सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले बुधबार सार्वजनिक गरेको अद्यावधिक तेस्रो विज्ञप्ति अनुसार कास्कीको पोखरा सहित स्याङ्गजा र तनहुँका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लाईफ केयर एण्ड डाईग्नोष्टिकमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं ३, ४, ६, ८, ९, १२, १५,१७ र २७ का विभिन्न उमेर समुहका महिला पुरुष गरी २० जनामा संक्रमण देखिएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी – ४ र ब्यास नगरपालिका – ६ का ३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, स्याङ्गजा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका २ र ८ का दुई पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ५ सय ३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here