गोरखाको विद्यालयमा एभरेष्ट बैंकले गरिदियो खानेपानी र शौचालयको व्यवस्था

काठमाडौं, ३ जेठ । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी माध्यामिक विद्यालयलाई पिउने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ ।

गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, वडा अध्यक्ष कुल बहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेन तथा अन्य विशिष्ट अतिथिहरुको संयुक्त उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरिएको हो ।

बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको बताएको छ ।

एभरेष्ट बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here