गोरखामा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२८ पुग्यो

काठमाडौं, ४ मंसिर । गोरखामा विहिवार थप ९ जनामा कोरोना पुष्टि भएको छ । गोरखाका विभिन्न ७ स्थानिय तहमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जिल्लाको अजिरकोट, आरुघाट, बारपाक सुलिकोट, गण्डकी, सिराचोक गाउँपालिका र गोरखा तथा पालुङटार नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी हो ।

निर्देशनालयको तथ्यांक अनुसार अजिरकोट गाउँपालिका ४ का ३० बर्षका १ जना पुरुष, आरुघाट गाउँपालिका ६ का २३ बर्षका १ जना पुरुष, बारपाक सुलिकोट गाउँपालिका ७ र ८ का ३७ र ८९ बर्षका १र१ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै गरी गण्डकी गाउँपालिका ७ का ५८ बर्षका १ जना पुरुष, सिराचोक गाउँपालिका ७ का ३४ बर्षकी १ जना महिला, गोरखा नगरपालिका ६ र १३ का ३२ र ४२ बर्षका १र१ जना पुरुष र पालुङटार नगरपालिका ३ का २३ बर्षिया १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।

थप ९ जना सहित गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ६२८ पुगेको छ । जसमा सक्रिय संक्रमित १४४ रहेका छन् ।

संक्रमणबाट जिल्लामा हालसम्म ३ जनाको ज्यान गईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here