ढकाल प्यानल जिताउन गण्डकी प्रदेशमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन

फाइलफोटो

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई विजयी गराउनका लागि गण्डकी प्रदेशले चुनाव ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।

गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकत्वमा सो प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरुसहित समिति गठन गरेको हो ।

महासंघको ५४औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधी तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई निर्वाचित गराउन चुनाव प्रचारप्रसार कमिटि गठन गरिएको संयोजक कोइरालाले जानकारी दिए ।

गण्डकी प्रदेशले यसअघि नै ढकाल प्यानललाई बिजयी गराउन सर्वसम्मत निर्णय समेत गरिसकेको छ ।

समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

महासंघको आसन्न निर्वाचनमा ढकाल प्यानलको जीत सुनिश्चित भैसकेको र अझै बढी मतले जिताउनका लागि कमिटि नै गठन गरेर प्रचारप्रसारमा लागेको संयोजक कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here