महासंघ चुनाव: ढकाल समूहको विजय यात्रा शुरु, दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उनि हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन् ।

त्यस्तै राष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका सन्दिप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेद्वारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । दुबै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको समूहबाट उम्मेद्वारी दिएका थिए ।

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । उनीहरु सर्वसम्मत चयन भइसकेपनि ६ बजेमात्रै औपचारिक रुपमा विजयी घोषणा गर्ने महासंघको तयारी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here