‘व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम हो’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी

काठमाडौं, ५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले व्यवसायीको सम्मान दिलाउने पहिलो काम भएको बताएका छन् ।

आफ्नो समूहको चुनावी अभियान भेला समापन कार्यक्रममा प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका हुन् ।

करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।

‘मेरो पहिलो काम अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिड्न सक्ने बनाउनु हो’ प्रधानले भने, ‘केन्द्रमा अध्यक्षको वरियता मिलेपछि जिल्ला र नगरमा पनि सोही अनुसारको प्रोटोकल बन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here