महासंघ चुनाव: ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौं, ५ मंसिर । उद्योग वाणिज्य महासंघ निर्वाचन समितिले आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

समितिले शुक्रबार प्रकाशित गरेको अन्तिम उम्मेदवारहरुको नामावली अनुसार वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यका लागि १२७ जनाले उमेदवारी दर्ता गराएका छन् ।

त्यसमध्ये दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।

नामावली अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यसमितिमा सन्दीप अग्रवाल निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् ।

ढकाल र प्रधानले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् । ढकाल प्यालनबाट गुणनिधि तिवारी, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन् भने प्रधान प्यानलबाट दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योति छन् ।

जिल्लारनगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३३ जनाको उमेदवारी परेको छ ।

एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेशतर्फ वाग्मती र लुम्बिनी प्रदेशबाट तीन/ तीनजनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।

यसैगरी बस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला नगरतर्फको खुला केन्द्रिय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनय दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रिय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये १ नम्बर प्रदेशमा वरिष्ठ उपाध्य ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।

उम्मेदवारमा नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here