३३ जना एसएसपीको सरुवा, काठमाडौं प्रहरी प्रमुखमा सिंह (सूचीसहित)

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका हुन् ।

यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राई थिए । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

को कहाँ पुगे ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here