साउदीबाट थप २९ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र स्वदेश फर्किसक्नुपर्ने

काठमाडौं, ६ मंसिर । साउदी सरकारले १ हजार २ सय ८० जना नेपालीलाई बहिर्गमन भिसा दिएको छ । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये थप २९ जनाले बहिर्गमन भिसा प्राप्त गरेसँगै उक्त संख्या पुगेको हो ।

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

साउदीमा अकामा नभएर समस्या परेर स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेलाई बहिर्गमन भिसा दिने गरेको छ । साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । साउदीमा बहिर्गमन भिसा हुने विदेश कामदार अवैध मानिन्छ ।

भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।

दूतावासले सहज रुपमा बहिर्गमन भिसा प्राप्त गर्न साउदी सरकारलाई अनुरोध गरेबमोजिम नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइएको हो ।

हाल कतिपय नेपालीले आफ्नो अकामाको म्याद रहे/नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भए वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची ह्‌वाट्स एप गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here