नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

काठमाडौं, ६ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर सात जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३०५ पुगेको छ । यसअघि शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here