रोनाल्डोको दुई गोलले युभेन्टस दोस्रो स्थानमा उक्लियो

काठमाडौं, ७ मंसिर । काग्लिएरीलाई पराजित गर्दै युभेन्टसले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा जितसँगै युभेन्टसले काग्लिएरी २-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोले चार मिनेटको अन्तरालमा दुई गोल गरेका थिए ।

३८औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले चार मिनेट वित्न नपाउँदै अर्को गोल थपेका हुन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले गरेको त्यही दुई गोल युभेन्टसको जितका लागि पर्याप्त बन्यो।

जितसँगै आठ खेलबाट १६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा उक्लियो। जुन शीर्ष स्थानको एसी मिलानभन्दा एक अंकले माथि हो। यद्यपी मिलानले एक खेल कम खेलेको छ। काग्लिएरी भने दश अंकका साथ ११औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here