प्रशारण लाइनमा नयाँ फडको: जोडियो काठमाडौं–ढल्केवर प्रशारण लाइनमा लुप

काठमाडौं, ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले नयाँ फड्को मारेको छ ।

काठमाडौं–ढल्केवर प्रशारण लुप (सर्कल) जडान गरेर प्रशारण लाइनमा नयाँ फड्को मारेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्‍न भएको हो ।

“ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेसनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका शाक्यको भनाई छ ।

प्राधिकरणले २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जडान गर्दा लुप जडान गर्न सकेको थिएन ।

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ ।

‘यो सामान्य समस्या हो, दुई–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो, यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो,’ उनले भने ।

लुप जडान नहुँदा पटकपटक स्विचिङ गर्दा विशेष गरी औद्योगिक ग्राहकलाई मर्का परिरहेको थियो । आज आइतबार दिउँसोबाट सो लुप चालु रहने भएकाले उक्त समस्या हटेको प्राधिकरणको दाबी छ ।

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशारण हुने र ‘मेक बिफोर ब्रेक’ गरिँदा विद्युत् काट्नु पर्ने बाध्यता नहुने प्राधिकरणको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here