१४ अर्ब ८१ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले मंसिर ८ गते सोमबार दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here