कोरोना कहरमा बच्चाको सुरक्षा कसरी गर्ने ? यस्ता छन् उपाय

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । कोरोना संक्रमणकै कारण मृत्यु हुने मानिसहरुको संख्या पनि बढ्दो क्रममा छ ।

५ वर्षभन्दा कम उमेरका बच्चाहरुमा संक्रमणको दर केही कम मात्रामा रहेपनि संक्रमण जोखिममा भने उनीहरु पनि छन् । बच्चाहरुले आफ्नो सुरक्षाको लागि ध्यान दिन नसक्ने भएको कारण उनीहरुको सुरक्षामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरुः

स्तनपान

कोरोना संक्रमणबाट बच्नको लागि शरीरको रोग प्रतिरोधक क्षमता बढाउनु अत्यन्त आवश्यक छ । बच्चाहरुको लागि आवश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्व आमाको दुधमा पाईने भएको कारण यस समयमा स्तनपानमा विशेष ध्यान दिनुपर्छ र नियमित स्तनपान गराउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना पोजेटिभ रहेकी आमाले पनि सावधानी अपनाएर स्तनपान गराउदाँ कोरोना सर्दैन् । त्यसकारण कोरोना संक्रमित आमाले पनि स्तनपान गराउन सक्छिन् ।

१ वर्षमुनिका बच्चामा उच्च जोखिम

एक वर्षभन्दा कम उमेरका बच्चाहरुमा रोग प्रतिरोध क्षमता कमजोर हुने भएको कारण उनीहरुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।

सामाजिक दुरी

केही अभिभावक आफ्नो साथीभाईसंग बच्चालाई भेटाउन निकै उत्साहित हुन्छन् । यसरी धेरै मानिसहरुसंग भेट्दा बच्चाहरुमा संक्रमण फैलने सम्भावना धेरै हुने भएकोले बच्चा लिएर हिडेको समयमा सामाजिक दुरी कायम गर्नुपर्छ ।

सरसफाई

यस उमेरसमुहका बच्चाले सरसफाइमा आफै ध्यान दिन नसक्ने भएकाले अभिभावकले नै उनीहरुको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । शारीरिक सरसफाईका साथै खानेकुराको सरसफाईमा पनि ध्यान दिनुपर्छ । फलफुल तथा अन्य खानेकुरा राम्रोसंग पखालेर दिनुपर्छ ।

डाक्टरसंग परामर्श

संक्रमण र संक्रमणजन्य कुनैपनि लक्षण देखिएमा तुरुन्त डाक्टरहरुसंग परामर्श गर्नुपर्छ । हेलचक्रयाई ढिलासुस्तीले गम्भीर समस्या निम्त्याउन सक्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here