उत्कृष्ट करदाताको सूची सार्वजनिक, रेमिट्यान्स् कारोबार गर्नेतर्फ आईएमई (सूचीसहित)

काठमाडौं, ७ मंसिर । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिका राजश्व विभागले ९ औं कर दिवसका अवसरमा आइतबार सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो ।

क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरुको नाम सार्वजनिक गरेको हो । सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम रहेको छ ।

विभागका अनुसार आव २०७५/७६ मा क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूचीको पहिलो नम्बरमा सूर्य नेपाल परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

पर्यटनमा सबैभन्दा बढी तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ । शिक्षण सेवामा मणिपाल मेणिकल कलेजले तिरेको छ । मध्यम स्तरको करदाताबाट सबैभन्दा बढी कामना सेवा विकास बैंकले कर तिरेको छ । मूल्य अभिबृद्धि सबैभन्दा बढी बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।

विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयबहादुर शाह बनेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायका शाहको ठूलो व्यवसायिक साम्राज्य छ । उनको कम्पनी अन्तर्गत रुस्लान भोड्का,गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्छ ।

विभागले सार्वजनिक कार्यक्रम आयोजना गरेर बढी कर तिर्ने करदातालाई सम्मान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here