कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन ६ लाखबढीमा संक्रमण

काठमाडौं, ८ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४ हजार ९४३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८२ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ७७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here