काठमाडौं उपत्यका भित्रनेको चाप बढ्यो, एकैदिन ३३ हजारबढी यात्रु भित्रिए

काठमाडौं, ८ मंसिर । चाडपर्व सकिए लगत्तै काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या बढेको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार एकै दिन विभिन्न नाकाबाट आइतबार ३३ हजार ७८१ जना यात्रु उपत्यका भित्रिएका छन् ।

२८ हजार ७१९ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो ।

दशैं, तिहार, छठ लगायत चाडपर्व सकिनु र कोरोना संक्रमणकोकारण रोकिएका विभिन्न परीक्ष शुरु हुन लाग्नुको कारण नै उपत्यकामा भित्रनेको संख्या बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here