थप १९८० जनामा कोरोना संक्रमण, संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, ८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १९८० जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १९८० जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

गत २४ घण्टामा ३०४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको २ लाख २ हजार ६७ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here