फोनपेको योजना: हरेक दिन नगद उपहार, भाग्यशालीले पाउनेछन् स्कुटर

काठमाडौं, ८ मंसिर । फोनपे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ।

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो। जहाँ प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक–एक वटा यामाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ । बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ ।

यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ । फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने कम्पनीले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here