प्रभु बैंकले ल्यायो ई-केवाईसी सेवा

काठमाडौं, ८ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ।

प्रभु बैंक लि.मा खाता खोली कारोबार गरेका ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ। यसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता हटेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here