कोरोनाका बीच स्वदेशी लगानीका ८१ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

संकेतिक तस्विर

काठमाडौं, ९ मंसिर । कोरोनाका कारण थलिएका उद्योग,कलकारखाना विस्तारै खुल्ने क्रममा रहेका बेला लगानी प्रस्ताव आउने क्रम भने रोकिएको छैन ।

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको कात्तिक मसान्तसम्म स्वदेशी लगानीका ८१ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् । भान्सार विभागको तथ्यांक अनुसार आन्तरिक लगानीमा सबैभन्दा बढी उत्पादन र सेवा मूलक क्षेत्रमा उद्योग दर्ता भएका हुन् ।

सो क्षेत्रमा २०/२० वटा नयाँ उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक क्षेत्रमा ५ अर्ब ५ करोड रुपैयाँ लगानीमा २० नयाँ उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । सो उद्योगले सञ्चालनपछि १ हजार ४१७ लाई रोजगार दिने विभागको तथ्यांकले देखाएको छ ।

कृषितर्फ २ अर्ब ७५ करोड रुपैयाँ लगानीमा १० नयाँ उद्योग दर्ता भएका छन् ।सबैभन्दा कम सूचना क्षेत्रमा उद्योग दर्ता भएका छन् । सूचना प्रविधि तर्फ ६० करोड रुपैयाँ लगानीमा ४ उद्योग दर्ता भएका हुन् ।

सेवामूलक क्षेत्रतर्फ २ अर्ब ९७ करोड रुपैयाँ लगानीमा २० नयाँ उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो उद्योग सञ्चालनपछि ९२७ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

पर्यटनतर्फ ३ अर्ब २० करोड रुपैयाँ लगानीमा १५ नयाँ उद्योग दर्ता भएका छन् । उर्जा तर्फ ५१ अर्ब ९६ करोड रुपैयाँ लगानीमा १२ नयाँ उर्जा उत्पादनका आयोजना सञ्चालनका लागि दर्ता गरिएको छ । कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ । यसले कोभिडबाट भएको क्षतिलाई उठाउन ठूलो सहयोग गर्नेछ आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here