बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बैतडीमा भएको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० बुड्डामा मंगलबार दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका(५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका(५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका(२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका(४ की कलावती चन्द रहेका छन् ।

मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here