६ वर्षीया बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका युवकको उपचारको क्रममा मृत्यु

काठमाडौं, १०, मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here