थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, १० मंसिर । पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३८९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here