काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । यसअघि मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।