१२ प्रतिशत बढ्यो रेमिट्यान्स, ३ महिनामा दुई खर्ब ५८ अर्ब भित्रियो

remit

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनु्सार पछिल्लो तिन महिनामा रेमिट्यान्स बढेको छ । बैंकको पछिल्लो तथ्यांक अनुसार यस समयमा १२.६ प्रतिशत रेमिट्यान्स बढेको हो ।

यो संगै यस समयमा दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही समयमा ५.१ प्रतिशत रेमिट्यान्स घटेको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीका श्रम स्वीकृति लिने मानिसको संख्यामा भने निकै कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा श्रम स्वीकृति लिने मानिसको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here