काठमाडौंमा महिला हिंसा तुलनात्मक रुपमा कम छ, सबै मिलेर शुन्यमा झारौंः मेयर शाक्य

काठमाडौं । आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रिय सभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गर्यो ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तुलनात्मक रुपमा काठमाडौंमा हिंसाका घटना कम भएको उल्लेख गरे ।

‘भित्रभित्रै हिंसा भएका हुन सक्छन् । सबै मिलेर ती हिंसालाई शुन्य बनाउनुपर्छ ।’ मेयर शाक्यले भने, ‘पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी हुन्छ । यी सबै खालका हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ ।’

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ ।

यस बर्ष मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here