कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन

काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ।

कोरोना संक्रमित भएपछि मेडिसीटी अस्पतालमा उपचाररत ७६ बर्षीय शाक्यको बिहीबार बिहान चार बजे निधन भएको हो ।

अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।

शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्।