‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ महामारीका कारण नेपालमा आर्थिक मन्दीको संकेत देखिएको बताएका छन्।

महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।

महामारीका कारण अहिलेसम्म कहिल्यै भोग्न नपरेको सामाजिक, आर्थिक र मानसिक समस्या भोग्दै आएका छौं। जसबाट देशका ठूला व्यवसायीसहित साना तथा मझौला व्यवसायीलाई आक्रान्त बनाएको बताए ।

सरकारले आर्थिक पुनरुत्थानका लागि क्षेत्रगत रुपमा आर्थिक राहतको प्याकेज ल्याउन माग गरे । महामारीका बीचमा पनि कृषिमा समस्या यथावत रहेको औंल्याउँदै यसमा सरकारले उचित कार्यक्रम ल्याउन नसकेको बताए ।

उद्योग व्यवसायले ब्याजदर छुट, कर्जा लगायतको अपेक्षा गरेकोमा सरकारको ध्यान जान जरुरी रहेको बताए । राहतका कार्यक्रम सार्वजनिक भयपनि कार्यान्वयन हुन नसक्दा उद्योग व्यवसाय समस्यामा भएको उनले भनाई थियो ।

सरकारले उद्यमी व्यवसायीलाई लक्षित गरेर ल्याएको कार्यक्रम अझै कार्यान्वयन हुन नसकेको उनले बताए। सरकारले ल्याएको पुनर्कर्जा योजना चार महिनापछि बल्ल कार्यान्वयनमा आएको छ उनले भने।

उनले आफूहरूले रणनीतिक रुपमा आर्थिक क्षेत्रको उन्नतीका लागि भिजनपत्र बनाइरहेको भन्दै यसको कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रको सहकार्य अत्यावश्यक भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here