यूएईले रोक्यो १३ देशका नागरिकलाई भिसा, भिजिट भिसामा समेत जान नपाइने

काठमाडौं, १२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले १३ मुस्लिम मुलुकका नागरिकहरुलाई नयाँ भिसा रोक्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरान, टर्की, सिरिया र सोमालियालगायतका मुलुकका नागरिकलाई नयाँ भिसा नदिने निर्णय गरेको हो ।

नयाँ भिसा नदिने निर्णय गरेको मुस्लिम बाहुल्य देशहरु हुन् । अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् ।

दस्तावेजमा अध्यागमन सर्कुलर गरिएको छ र यो सर्कुलर १८ नोभेम्बरदेखि लागू भएको छ । सर्कुलरका अनुसार अहिले यूएईबाहिर रहेका १३ देशका नागरिकको लागि भिजिट भिसा र रोजगारी भिसा जारी गर्न स्थगित गरिएको छ ।

रोयटर्सले यूएईको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणसँग यसबारेमा सोध्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ । स्रोतले सुरक्षा चिन्ताका विषयहरु के हुन् भन्ने विषयमा जानकारी दिएको छैन तर यो प्रतिबन्ध अझै केही समयसम्म लागू हुने बताएको छ ।

गत हप्ता पाकिस्तानको विदेश मन्त्रालयले युएईले आफ्ना नागरिक र अन्य केही देशका नागरिकको लागि नयाँ भिसा जारी गर्न रोकेको बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here