थप १७०३ जनामा कोरोना पुष्टि, १२३६ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । थप १२३६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १० हजार ६ सय ७१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here