काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।
जसमा ३३७ महिला र ४४८ जना पुरुष रहेका छन् । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।