महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा जिल्लानगर तर्फबाट मत हाल्ने काम सकिएको छ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा जिल्ला/नगर र वस्तुगततर्फको शतप्रतिशत मत खसेको छ ।

महासंघमा जिल्लारनगरतर्फ १०५ मतदाता छन् भने वस्तुगततर्फ १०१ मतदाता छन् भने एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको छ ।

एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्ला/नगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भइरहेको छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।

जिल्लानगर तर्फ किशोर प्रधान समुहले ७० प्रतिशत मत पाएको आंकलन गरिएको छ। यद्दपी औपचारिक नतिजा भने आउँन बाँकी नै रहेको छ।

उद्योग वाणिज्य समूह (जिल्ला नगर) तर्फको मतदानको लागि उद्योग वाणिज्य समूह ९जिल्ला नगर समूहका प्रतिनिधिहरुले कमलादीको लोकेसनबाट भोट खसालेका थिए। बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

त्यस्तै बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

एसोसिएटतर्फभने अझै करिब सय मत खस्न बाँकी रहेको छ । निर्वाचनको समय अहिले ५ बजेसम्मको लागि तोकिएको छ ।
यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला÷नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् ।
महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा