थप १३८० जनामा कोरोना पुष्टि, ५१५ जना संक्रमणमुक्त

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ रहेको छ । थप ५१५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ११ हजार १ सय ८६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here