काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामाकाठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २८५ महिला र ३६० पुरुष रहेका छन् ।

हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ छ।

ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १०४ जना निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here