महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक हुन् थालेको छ।

साँझ ६ बजेदेखि सुरु भएको मतगणना पश्चात महासंघमा अहिले चुनावको परिणाम सार्वजनिक हुन थालेको छ।

समितिले हालै सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् ।

त्यस्तै लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्।

त्यस्तै गण्डकी प्रदेशबाट ९ मत ल्याएर बाबुराम गिरी केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। गिरीले आफ्ना निकटम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठलाई ३ मतले पराजित गरेका हुन्।

प्रदेश ६ बाट लालिमान बुढाले ७ मत ल्याएर जितेका छन्। उनले आफ्ना निकटम् प्रतिद्वन्द्वी प्रकास अधिकारीलाई ४ मतले पराजित गरेका हुन्।

त्यस्तै सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायलाई ६ मतले पराजित गरेका छन्।

प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । चुनावमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। ।

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्।

जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा