उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

काठमाडौं, १३ मंसिर । अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा विजयी भएका छन् ।

उनले ६२ मत पाए भने उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ किशोरकुमार प्रधान समूहबाट चुनाब लडेका थिए । उनी १६ वर्षदेखि महासंघमा सक्रिय छन् ।

लक्ष्मी समूहका कार्यकारी निर्देशक रहेका उनले महासंघमा उद्योग समितिको सभापति, राजस्व समितिको सहसभापति र रोजगारदाता परिषद्को सदस्यको रुपमा काम गरेका छन् ।

चुनावी परिणामा आएपछि श्रेष्ठले ट्वीट गर्दै भने, ‘जय भयो। बिजय भयौं । सबैलाई धन्यवाद ।’

बाँकी पदको मतगणना जारी छ ।

सम्बन्धित समाचारः

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै, किशोर प्रधान प्यानलद्वारा मनोनयन दर्ता

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ ?

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here