नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।

शनिबार राति नै सार्वजनिक मतपरिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान प्यानलका अञ्जन श्रेष्ठ, जिल्ला-नगरतर्फ पनि प्रधान प्यानलकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन्।

महासंघको कार्यकाल ३ वर्षको हुन्छ। त्यसपछि उनी स्वतः अध्यक्ष हुनेछन् र अर्काे ३ वर्ष अर्थात् २०८२ चैत २८ गतेसम्म उनले महासंघको नेतृत्व गर्नेछन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ।

आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थामा आवद्ध छन्।

महासंघको नेतृत्व गर्ने तहमा पुगेका ढकालले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेक छन्।त्यसैगरी रेमिट्यान्स कम्पनीमध्ये सबैभन्दा बढी कर भुक्तान गरेर आईएमई लगातार ठूलो करदाताका रूपमा स्थापित छ। त्यस्तै सरकारले प्रदान गर्ने अन्य थुप्रै पुरस्कार तथा सम्मान उनले पाएका छन्।

अहिले नेपालको अर्थतन्त्रमा ठूलो योगदान रेमिट्यान्सको छ भन्ने गरिन्छ। त्यसमध्ये उनको कम्पनीबाट मात्रै ३० प्रतिशत हिस्सा भित्रिन्छ। चुनाव लडिरहँदा पनि उनले आफ्नो व्यावसायिक सञ्जालका कारण आफू नै विजयी हुने बताइरहेका थिए।

सम्बन्धित समाचारः

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक
महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here