महासंघमा निर्वाचित कसले पाए कति मत ? यस्तो छ नयाँ टीम

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए ।

यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे । ढकालले कुल ५४.२६ प्रतिशत मत ल्याएर विजयी भएका छन् भने प्रधानले ४५.७४ प्रतिशत मत ल्याएका छन्।

यसअघिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन्। महासंघमा अब गोल्छाको अध्यक्षतामा नयाँ टिम बनेको छ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा किशोर प्रधान पक्षका अञ्जन श्रेष्ठले ६२ मत ल्याएर विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी उमेश लाल श्रेष्ठलाई २५ मतले हराउदै विजयी भएका हुन। उमेशलाल श्रेष्ठले ३७ मतमा ल्याएका थिए।

एशोसिएट उपाध्यक्षमा ढकाल समूहमा रामचन्द्र संघई निर्वाचित भएका छन्। उनले ४ सय ५५ मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत ल्याएका छन्।

एशोसिएटमा १९ जना कार्यकारिणी सदस्य रहनेछन जसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् ।

एशोसिएटमा अम्बिकाप्रसाद पौडेल, अबिनास बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्स्ना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रन्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, साहिल अग्रवाल, सैलेन्द्र गुरागाई, शुसील थापा, हेमन्त गोल्छा, मंगेशलाल श्रेष्ठ र बिराट थापाको भने बराबर आएको छ ।उनीहरूकाे गाेलाप्रथाबाट निर्णय लिइने निर्वाचन समितिले जनाएकाे छ ।

वस्तुगततर्फको केन्द्रीय सदस्यमा १४ जना रहनेछन्। जसमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वस्तुगततर्फ प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता, सन्दीप कुमार अग्रवाल निर्वाचित भए ।

जिल्ला नगर सदस्यतर्फ कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भए ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमल कुमार श्रेष्ठ (७० मत), गजेन्द्र कुमार भगत (६८ मत), चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देव कुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमान बहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) छन् ।

यस्तै, कुविर कुमार श्रेष्ठ (५८ मत), डिबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्र कुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोर कुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । जिल्ला नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो ।

सम्बन्धित समाचारः

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here