महासंघको जिल्ला नगर सदस्यतर्फ धेरै मत ल्याउनेमा नुवाकोटका राजन श्रेष्ठ

नुवाकोट,१४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठ सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

शनिवार भएको महासंघको निर्वाचनबाट श्रेष्ठ जिल्ला नगरतर्फबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

जिल्ला नगरतर्फबाट चन्द्र ढकालको प्यानलबाट विजयी भएका श्रेष्ठले ७९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।जिल्ला नगर सदस्यतर्फ कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भए ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमल कुमार श्रेष्ठ (७० मत), गजेन्द्र कुमार भगत (६८ मत), चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देव कुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमान बहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) छन् ।

यस्तै, कुविर कुमार श्रेष्ठ (५८ मत), डिबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्र कुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोर कुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । जिल्ला नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here