फिलिपिन्स र क्यानडाबीच फाेहाेरकाे कारण तनाव !

फाेहाेरकाे कारण दुई देशबीचको सम्बन्ध चिसिएको कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, साँच्चै यस्तै भएकाे छ अहिले फिलिपिन्स र क्यानडा बीच जसले यी दुई बीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा भएको छ ।

फाेहाेरकै कारण हालसालै फिलिपिन्सले क्यानडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएकाे र ओट्टावास्थित दूतावासकाे दर्जा घटाएकाे हाे ।

फिलिपिन्सका राष्ट्रपति राेड्रिगाे डुटर्टेले क्यानडाले फिलिपिन्सकाे तटिय क्षेत्रमा डम्प गरेकाे फाेहाेर फिर्ता लैजान मे १५ को समयसीमा ताेकेका थिए ।

तर क्यानडाले फिलिपिन्सकाे निर्देशन नटेरेपछि फिलिपिन्स कडा रूपमा प्रस्तुत भएकाे हाे ।
फिलिपिन्सको एक अदालतले समेत फिलिपिन्समा फालिएकाे उक्त फोहोर क्यानडा फिर्ता गर्ने आदेश दिएकाे छ ।

कसरी सुरू भयाे विवाद ?

क्यानडाकाे एक कम्पनी क्राेनिक आइएनसीले फिलिपिन्सकाे एक कम्पनीकाे सहयाेगमा सन् २०१३ र २०१४ को बीचमा १०३ वटा कन्टेनर फोहोर फिलिपिन्सकाे तटिय क्षेत्रमा पुर्याएकाे थियाे ।

ती कन्टेनरहरूमा रिसाइकल गर्न मिल्ने प्लाष्टिकहरू भएकाे बताइएकाे थियाे तर, खासमा कन्टेनरमा रिसाइकल गर्न नमिल्ने प्लाष्टिक, डायपर र अन्य हानीकारक फाेहाेरहरू रहेकाे पाइयाे ।

क्यानडाले झुक्याएकाे भेटिएपछि विवाद निम्तियाे र फाेहाेरहरू ६ वर्षदेखि त्यँही रह्याे, फिलिपिन्सले फाेहाेर लैजान पटकपटक दवाव दिएकाे थियाे तर, क्यानडाले अटेरी गरेपछि यस्ताे कदम चाल्न बाध्य भएकाे बताएकाे छ ।

क्यानडाले फाेहाेर फिर्ता नगरेसम्म राजदूत फिर्ता बाेलाउने र कुटनीतिक नियाेगकाे दर्जा घटाउने निर्णयमाथि पुनर्विचार नहुने फिलिपिन्सका विदेश सचिव टेडी लाेक्सिनले बताएका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here