गोरखामा थप १३ जनामा कोरोनाको पुष्टी

गोरखा । आज गोरखा जिल्लामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आज जिल्लाको आरुघाट, सिरानचोक, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा संक्रमित थपिएका हुन् ।

निर्देशनालयको तथ्यांक अनुसार जिल्लाको आरुघाट गाउँपालिका ८ का ४०, ३२, २९, ४१ र ४० बर्षका पुरुषमा संक्रमण देखिए हो ।

भीमसेन थापा गाउँपालिका ४ धावामा २९/२९ बर्षका १/१ जना महिला र पुरुषमा र ७ को बोर्लाङमा २४ बर्षिया महिलामा संक्रमण देखिएको छ भने सिरानचोक गाउँपालिका १ को केराबारीमा ४६ बर्षको पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै गरी गोरखा नगरपालिकामा ८ मा ४५ बर्षका १ जना पुरुष, ९ मा ४५ बर्षिया १ जना महिला र ४६ बर्षका १ जना पुरुष र १० मा ३५ बर्षका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here